November 28, 2020
11:24 PM | 5:09 AM

राष्ट्रपति ट्रम्पद्वारा मत गणना तत्काल स्थगित गर्न माग

  04/11/2020 मा प्रकाशित

डिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्टपतीय निर्वाचनको मत गणना तत्काल स्थगित गर्न माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन् । ट्रम्प क्याम्पेनका तर्फबाट मिसिगन राज्यको मत गणना स्थगित गर्न आदेशको माग गर्दै मुद्धा दायर गरिसकिएको छ भने पेन्सिलभेनिया राज्यको मत गणना चलिरहदा त्यहां पनि स्थगित गर्न माग गर्दै अदालत जाने तयारी भएको ट्रम्प क्याम्पेनले जनाएको छ ।
राष्टपति निर्वाचनमा मत गणना जारी रहंदा केही राज्यहरुमा विपक्षी जो वाइडेनले झिनो मतान्तरले अग्रता लिन थालेका छन् । अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरुमध्ये विसकन्सनमा वाइडेन विजयी भएको र मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा वाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्धा दायर भएको हो ।
समाचारअनुसार, मतगणना पारदर्शी नभएको आरोप लगाउंदै उनले मिसिगन अदालतमा मुद्धा दायर गरेका हुन् । यसैबीच अमेरिकी समाचार संस्था सीएनएनले मिसिगनमा वाइडेनले जित हासिल गरेको बताएको छ । पराजित भइसकेको विसकन्सिनमा पनि पुन मत गणनाको माग राखेका छन् भने पेन्सिलभेनियामा हालसम्म ट्रम्पले नै अग्रता लिएका छन् । अग्रता लिए पनि उनको मत प्रशित घट्दै र वाइडेनको बढ्दै गएको अवस्थामा त्यहां पनि पारदर्शिताको प्रश्न उठाउंदै मुद्धा दर्ताको घोषणा भएको हो ।

प्रतिक्रिया