८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएले करिब डेढ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७७, बुधबार २२:०४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई १० हजार एन्टिजेन किट सहयोग गरेको छ । कोरोना भाइरस परीक्षणको नतिजा १५ मिनेटमै दिने १० हजार एन्टिजेन किट सरकारलाई सहयोग गरिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए।

उक्त किट संघलाई जापानको फुजिरियो होल्डिङ्स् कम्पनीले उपलब्ध गराएको हो । जसका लागि जापानमा व्यवासायी गर्ने संघका प्रतिनिधि कपिलदेव थापाले विशेष पहल गरेका थिए।

एनआरएनए केन्द्रिय पार्षद कपिलदेव थापा (जापान) को विशेष पहलमा संघलाई १० हजार एन्टिजेन किट प्राप्त भएको थियो ।
किटको मूल्य १ करोड २० लाख नेपाली रुपैयाँ बराबर रहेको संघले जनाएको छ।

ती सामग्रीहरु विहीवार बिहान स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच सरकारलाई हस्तान्तरण गरिने छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा महामारी नियन्त्रणका लागि यसले सहयोग पुग्ने पन्तले विश्वास व्यक्त गरे।

नेपालमा कोरोनाको संक्रमण नियन्त्रण गर्न यसअघि पनि विभिन्न समयमा संघले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।