१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन, सयभन्दा बढी पक्राउ

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार ०८:२१

लण्डन । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका एक सय चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध हजारौँले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए ।

निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । झण्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक पटक लकडाउन गरिएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म ११ लाख २३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । ४८ हजार १ सय २० जनाको मृत्यु भैसकेको छ ।