७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन कमाई खाने भाडो होइन् — थापा, एनआरएन जापान

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार ०८:५४

काठमाण्डौं । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष थापाले एनआरएनएको वेबसाइट संचालनमा समेत विभेद गरिएको भन्दै आक्रोस पोखेका छन् ।
थापाले एनआरएन प्रबक्ता मार्फत अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) पत्र लेख्दै एनआरएन जापानका गतिविधीहरुले वेबसाइटमा स्थान नपाउनु दुःख लाग्दो कुरा भएको बताउदै एनआरएन जापान मिडिया मुखी नभई समानता र बिभेदको कुरा उठाएको जिकीर गरेका छन् ।

थापाले एनआरएनलाई राजनिती गर्ने थलो र कमाई खाने भाडो मात्र नभएर देश र सम्पूर्ण गैरआबासीय नेपालीहरुको हितमा कार्य गर्ने संस्थाको रुपमा बिकास गर्न जरुरी भएको बताएका छन् ।


थापाद्धारा जारी विज्ञप्तिको पूर्ण विवरण

सर्बप्रथम नेपाल फेस्टिवल सफलता पुर्बक सम्पन्न भएकोमा आयोजक कमिटीलाई बधाई दिन चाहन्छु । गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को होमपेज हेर्दा सम्पूर्ण राष्ट्रीय समन्वय परिषद्हरुको साझा नभएको अनुभब हुन्छ , के सचिक्कै अरु राष्ट्रीय समन्वय परिषद्हरुले कुनै कामनै नगरेका हुन त ? कमसेकम अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आफ्ना राष्ट्रीय समन्वय परिषद्हरुले के कस्ता कार्यहरु गरेका छन के गर्दै छन ? चासो लिएर होमपेजमा अपडेट गरिदिने गरेमा सम्पूर्ण राष्ट्रीय समन्वय परिषद्हरुलाई हौसला मिल्ने थियो ।

आफुले गरेका कार्यहरु राष्ट्रीय समन्वय परिषद् जापानले सम्पूर्ण जानकारी गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई समयमा नै जानकारी गराउँदै आएको छ तर बिडम्बना आज सम्म जापानका कार्यहरुले स्थान नपाउनु दुःख लाग्दो कुरा हो । गलत अर्थ नलागोस जापान मिडिया मुखी हुन खोजेको होइन समानता र बिभेदको कुरा मात्र उठाएको हो ।
घर बलियो हुनलाई जग बलियो हुनु पर्छ भने झै गैरआबासीय नेपाली संघ बलियो हुनलाई सम्पूर्ण राष्ट्रीय समन्वय परिषद्हरु बलियो हुनु पर्छ ।

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले कहिले पनि आफ्ना राष्ट्रीय समन्वय परिषदलाई फर्केर हेरेको छैन, के छन राष्ट्रीय समन्वय परिषद्हरुका समस्याहरु ? कसरी चलेका छन ?
के राष्ट्रीय समन्वय परिषद्हरु पैसा जम्मा गर्ने खुत्रुके मात्र हुन त ? सम्बंधित सबैको ध्यान जाओस एनआरएनलाई राजनिती गर्ने थलो र कमाई खाने भाडो मात्र नभएर देश र सम्पूर्ण गैरआबासीय नेपाली हरुको हितमा कार्य गर्ने संस्थाको रुपमा बिकास गर्न जरुरी छ ।
सुदन थापा
अध्यक्ष, एनआरएन जापान