November 28, 2020
10:20 PM | 4:05 AM

नागरिकता र सम्पत्ति सुरक्षाको माग गर्दै एनआरएनएद्वारा सरकारसमक्ष सुझाव प्रस्तुत

  08/11/2020 मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरुको सम्पत्ती सुरक्षा र नागरिकता ग्यारेन्टीको माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले गत बिहीवार नेपाल कानून आयोगमार्फत् नेपालीको नागरिकता र सम्पत्तीसम्वन्धी अधिकार सुनिश्चित गर्न कानून संशोधनको लागि एनआरएन ऐन मस्यौदा संशोधन गर्न माग गर्दै सुझाव दिएको हो ।

केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलमार्फत एनआरएनए ऐनको मस्यौदा सम्बन्धमा सुझाव पेश गरेको हो । कानून आयोगसँगको छलफलमा उपाध्यक्ष डा. बद्री केसीले संघको तर्फबाट मस्यौदा ऐन सम्बन्धमा बुँदागत रुपमा संघको धारणा प्रस्तुत गरेका थिए ।

कानून आयोगका अध्यक्ष माधव पौडेलले संघले सुझाव प्रतिवेदन ग्रहण गर्दै प्राप्त सुझावहरुले गैरआवासीय नेपाली संघ ऐनलाई अझ व्यवस्थित गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । उनले संविधानले व्यवस्था गरेको नेपालको गैरआवासीय नागरिताको परिकल्पना र एनआरएनए ऐनले व्यवस्था गरेको गैरआवासीय नेपाली परिचयपत्रलाई थप व्यवस्थित गरी अधिकार सम्पन्न गराउन आयोगले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया