१३ बैशाख २०८१, बिहीबार
Follow Us

सांगीतिक प्रस्तुतीका लागि साजन आले बेलायतमा

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार १०:२९


भोला लामिछाने।

द ब्रिटिश कलेजको ’सिस्टर अर्गनाइजेसन’ नेपालीपत्रको निम्तोमा छैठौँ बिग आइकन साजन आले साँगीतिक प्रस्तुतीका लागि बेलायत पुगेका छन् ।

ल्होसार र क्रिसमसको अवसर पारेर बिग आइकन भएकै कारण आफुले यूके जस्तो मुलुकमा साँगीतिक प्रस्तुती राख्न पाएकोमा साजन आलेले खुशी व्यक्त गरदै बिग आइकन गर्ने बिग एफएम र मलाई निम्तो दिने संस्था द ब्रिटिश कलेज तथा नेपालीपत्रप्रति कृतज्ञता ब्यक्त गरे।

आइतबार बिग आइकन साजन आले र बिग एफएमका अध्यक्ष महेश भण्डारीलाई यूके प्रस्थान गर्नुअघि अन्तराष्ट्रिय विमानस्थलमा पुगेर बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्याल, एफएमका अफिसियल ज्योतिष हरिहर अधिकारी र सल्लाहकार राजन गोदारले बिदाई गरेका थिए ।

बिग एफएमका अध्यक्ष महेश भण्डारी सहित उक्त साँगीतिक टोलि यूकेमा १० दिनसम्म रहनेछन् ।