८ बैशाख २०८१, शनिबार
Follow Us

आर्सनलको पोस्टमा भिल्लाको ३ गोल

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७७, सोमबार ०५:१५

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा एस्टन भिल्लासँग आर्सनल ३–० ले पराजित भयो । खेलको २५ औं मिनेटमा बुलकायो साकामार्फत् भिल्लाले आत्मघाती गोल उपहार पाएको थियो । त्यसपछि वली वाटकिन्सले ७२ र ७५ औं मिनेटमा गोल ठोकेपछि आर्सनल ३–० ले पराजित भयो ।

वेस्ट हामले फुलहामलाई १–० ले पराजित गरेको थियो । वेस्ट हामका लागि अतिरिक्त समयमा थोमस सोकरले गोल गरेका थिए । यस्तै वेस्टब्रमविरुद्ध टोटेनहोम विजयी भयो । खेलको ८८ औं मिनेटमा हेरीकेनले गरेको गोल नै निर्णायक बन्यो । यस्तै वेल्भसविरुद्ध लेस्टर सिटी विजयी भएको छ । लेस्टरका लागि जेमी भर्डेले पेनाल्टीमार्फत् १५ औं मिनेटमा गोल गरे ।

साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । सिटीको मैदान इन्तिहाद रंगशालामा भएको खेलमा अग्रता लिभरपुलले बनाएको थियो ।

खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन । खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १(१ गोलको बराबरीमा फर्काए ।

जीतसँग लेस्टर सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसले ८ खेलको समाप्तिमा ६ जीत र २ पराजयसँगै १८ अंक जोडेको छ । टोटनहमको १७ अंक छ । उसले २ खेल बराबरी खेलेको छ । ५ जीत र १ पराजयसँगै टोटनहम अंक तालिकाको दोस्रो स्थानमा छ । सिटीसँग बराबरी खेलेको लिभरपुलको पनि १७ अंक छ भने १६ अंक जोडेको साथहेमटन चौथो स्थानमा छ ।