१५ चैत्र २०८०, बिहीबार
Follow Us

आइपीएल मुम्बइले पाँचौं पटक जित्यो

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७७, बुधबार ०४:२९

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सलेले जितेको छ । आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा उसले यो उपाधि पाँचौं पटक उपाधि जितेको हो । पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बाइले उपाधि रक्षा गरेको हो । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो ।

मुम्बईले यस अघि सन् २०१३ ,१५, १७ र १९ मा उपाधि जितेको थियो । यसपटक मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले सर्वाधिकह ६८ रनको अर्धशतकीय इनिङ्स् खेले ।

उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे । यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १-१ विकेट लिए । दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स् खेले । खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।