१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फिफा विश्वकप एशिया छनोटको दोस्रो चरणका खेल तालिका सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७७, बिहीबार ०४:०२

काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणका बाँकी खेल खेल्ने मिति तोकेको छ । क्वालालम्पुरका बसेको एएफसीको भर्चुअल बैठकले बाँकी खेल जुन १५ सम्ममा सक्ने निर्णय गरेको हो ।

अक्टोबर र नोभेम्बरमा सञ्चालन गर्ने भनिएका छनोट खेल कोरोना भाइरस महामारीका कारण स्थगित भएका थिए । छनोट खेल अन्तर्गत अब बाँकी म्याच डे ७ र ८ का खेल मार्च तथा म्याच डे ९ र १० का खेल जुनमा हुनेछन् ।

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेल नेपालले घरेलु मैदानमा अब अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ । सबै अवे खेल खेलिसकेको नेपालले एक होम म्याच तटस्थ भूमिका रुपमा भुटानमा खेलिसकेको छ ।

समूह बीमा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ । विश्वकप छनोटको तयारीमा रहेको राष्ट्रिय टोली अहिले मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ ।