७ बैशाख २०८१, शुक्रबार
Follow Us

१९१३ कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७७, बिहीबार ११:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३४९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् । काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् ।