१३ बैशाख २०८१, बिहीबार
Follow Us

फास्ट ट्रयाक आफैंले निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय

नेपालब्रिटेन डट कम्
७ पुष २०७३, बिहीबार १०:३३

काठमाडौं । सरकारले काठमाडौं तराइ जोडने दु्रुत मार्ग फास्ट ट्रयाक आफै निर्माण गने औपचारिक निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले फास्ट ट्रयाक आफै बनाउने निर्णय गर्दै त्यसको बारेमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको डाक्टर मीनवहादुर श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिलाई यसअघि भारतीय कम्पनीले तयार गरेको डीपीआर उपयोग लगायतका विषयमा अध्ययन गर्न एक महिनाको समय दिइएको छ । समितिले फास्ट ट्रयाक निर्माणका लागि स्रोतको व्यवस्थापन लगायतका विषयमा पनि सुझाव सहित प्रतिवेदन दिनेछ । फाष्ट ट्रयाक निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सिएल सर्भिस लिमिटेड आईएल एण्ड एफसलाई जिम्मा दिने गरी डीपीआर प्रतिवेदन तयार पार्न लगाएको थियो । उक्त तयारीप्रति चौतर्फी आलोचना भएपछि सरकारले आफैले निर्माण गर्ने तयारी अघि बढाएको हो ।
त्यस्तै सरकारले राष्ट्रिय फुटबल टोलीलाई ७५ लाख पुरस्कार दिने निर्णय गरेको छ । साथै बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोद कुमार वैद्यलाई नियुक्त गरेको छ । त्यस्तै सरकारले नेपाल औषधि लिमिटेडको प्रमुखमा डा. रोबसकुसुम सुवेदीलाई नियुक्त गरेको छ ।