१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘प्रोतुगलबाट नेपाल जाने यात्रु नक्कली कोरोना रिपोट लिएर जान्छन्’

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७७, शुक्रबार ०४:३३

लण्डन । कोरोना भाइरपछि विश्व बदलिएको छ । एक देशबाट अर्को देश जान चाहनेहरुले विमानस्थलमा आफ्नो नेगेटिभ रिपोर्ट बुुझाउनुपर्छ । यस्तोमा नक्कली नेगेटिभ रिपोर्ट बनाइदिनका लागि विश्वभर गिरोहहरु सक्रिय भएका छन् ।

गत साता टर्किको स्टाम्बुलमा भेटिएका एक नेपालीले प्रोर्तुगलबाट उड्न गर्ने नेपालीहरुले नक्कली पिसीआर रिपोट लिएर नेपालको लागि उडान गर्नेहरुको संख्या बढेको बताए ।
प्रोतुगलमा कोरोना टेष्ट अत्याधिक महंगो भएको कारण नक्कली रिपोट बनाउने गरेको पाइएको हो ।

लिस्वन, अलबुफेरा लगायतका क्षेत्रमा अहिले कामको अवसर कम भएको हुदाँ नेपाल जानेहरुको संख्या बढ्दो छ त्यहाँस्थित केही नेपाली र भारतीयहरुको मिलोमोतोमा नक्कली रिपोट बन्ने गरेको छ । प्रोतुगलमा पिसीआर चेक गर्दा १ सय ३० युरो लाग्छ ।
यस्तै नक्कली रिपोर्ट बोकेर भ्रमण गरेको आरोपमा ७ व्यक्ति फ्रान्सको विमानस्थलमा पक्राउ परे ।
उनीहरुले नक्कली रिपोर्ट बनाउनका लागि ३ सय ६० युरोसम्म खर्चिएको बताएका थिए । त्यस्तै, ब्राजिलमा चारजना पर्यटकहरु नक्कली परीक्षण रिपोर्टसहित पक्राउ परेका छन् । इथियोपियामा पनि नक्कली रिपोर्ट पेश गरेर भाग्न खोजेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इङल्यान्डमा एक पूरुषले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्ताअनुसार उनी साथीको नेगेटिभ कोभिड १९ परीक्षण रिपोर्टमा आफ्नो नाम लेखेर पाकिस्तान भ्रमणमा जान सफल भएका थिए ।

‘तपाईले सहजै उनीहरुको नेगेटिभ परीक्षणमा नाम र जन्मदिन बदलेर आफ्नो लेख्नसक्नुहुन्छ । तपाईलाई जुन समयको परीक्षण रिपोर्ट चाहिन्छ, त्यो पनि मिलाउन सक्नुहुन्छ,’ आफ्नो नाम नबताउने शर्तमा लान्कासायर टेलिग्राफसँग ती व्यक्तिले भनेका छन्, ‘तपाईले ईमेल डाउलोड गर्ने, त्यसलाई परिवर्तन गर्ने र परीक्षण गर्ने गर्नसक्नुहुन्छ ।’