१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसद बैठक पुस १० गते

नेपालब्रिटेन डट कम्
७ पुष २०७३, बिहीबार १०:४३

काठमाडौं । ब्यवस्थापिका संसद बैठक आज पनि सुचारु हुन सकेन । बिहीबार एक बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी आइतवारसम्मका लागि स्थागित गरिएको हो । विशेष कारणबस बैठक स्थगित गरेर पुस दश गते एक बजे अर्को बैठक राखिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । संबिधान संसोधन विधयेक फिर्ता लिनुपर्ने अडानमा रहेको प्रमुख प्रतिपक्षि दल एमाले लगायतका दलले आजको बैठक पनि अबरुद्ध गर्ने तयारी गरेपछि बैठक स्थगित गरिएको हो । सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि विपक्षि दलले संसद निरन्तर अबरुद्ध गर्दै आएका छन । विपक्षीको विरोधका कारण यसअघि ७ वटा संसद बैठक अवरुद्ध भैसकेका छन् । पछिल्लो बैठकमा निर्वाचन र संविधान संशोधन दुवै विधेयकलाई कार्यसूचीमा नसमेटिएपछि विपक्षि दल असन्तुष्ट छन् । संसद अबरुद्ध हुँदा अख्तियार प्रमुख कार्कीको महाअभियोग प्रस्ताव र निर्वाचन सम्वन्धी विधयेक समेत संसदमा अघि बढेको छैन ।