१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए युकेको बैठक आज, सँस्थाविरुद्ध मुद्धा हाल्नेमाथि कानुनी उपचार खोजिने

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७७, शनिबार १०:११

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको बैठक आज (शनिवार) बस्दैछ ।

गैरआवासीय नेपाली संघ युकेकी उपाध्यक्ष रोजिना प्रधानका अनुसार आज बस्ने बैठकमा केही उपाध्यक्षहरुले वकिल मार्फत पठाएको पत्रका सम्बन्धमा छलफल हुने भएको छ ।

अध्यक्ष पुनम गुरुङ्गलाई कोरोना पोजेटिभ देखिए पछि स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

यसअघि गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, नारायण कडेल, मोहन कार्की, पूर्व उपाध्यक्ष शेर बहादुर सुनार तथा गैर आवासीय नेपाली संघ युकेको इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष लाल बहादुर गुरुङ्गले टोलीले अपारदर्शी आर्थिक कृयाकलाप भएको भन्दै मुद्धा हाल्ने आसयको पत्र पठाए पछि सो सम्वन्धमा छलफल हुने भएको हो ।

बैठकमा उनीहरुले चालेको कानुनी कदमको बारे छलफल गर्न एकल अजेण्डा तय गरिएको छ भने संघले उनीहरु बिरुद्ध कानुनी उपचार खोज्ने तयारी गरेको छ ।

उनीहरुले गैर आवासीय नेपाली संघ युकेमा भैरहेका अपारदर्शी आर्थिक गतिविधी, सदस्यहरुका डेटाको दुरुपयोग तथा विधिविधान प्रतिकूल गरिएका कृयाकलापमा आवस्यक सुधार गर्नु पर्ने दावी गर्दै आएको छ ।