१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पुनर्निर्माणमा खटिएका इन्जिनियरको राजीनामाप्रति प्राधिकरण आश्चर्य

नेपालब्रिटेन डट कम्
७ पुष २०७३, बिहीबार ११:१२

काठमाडौं । पुनर्निर्माणमा खटिएका प्राविधिकले विभिन्न सेवा सुविधाको माग गर्दै आन्दोलन गर्नु उचित नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्प अति प्रभावित ११ जिल्लाका केही प्राविधिकले सामूहिक राजीनामा दिएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै करारमा नियुक्ति भएकाको राजिनामाको बिषय नै अनुपयक्त भएको स्पष्ट पारेको हो । प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुनर्निर्माणको कार्यलाई अघि बढाउन जिम्मेवारीपूर्वक आफ्नो कार्य क्षेत्रमा फर्किएर जिल्लास्थित सहरी विकास मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन इकाईसँग समन्वय गरी तोकिएको जिम्मेवारी अनुरुप काम गर्न सबै इन्जिनियरलाई निर्देशन दिएको छ । त्यस्तै भूकम्प पीडितले पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनर्निर्माण गर्ने क्रम दु्रत गतिमा अघि बढिरहेको र सुविधा सम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको स्थितिमा थप सुविधाको माग राखी प्राविधिकले आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज नहुने प्राधिकरणले बताएको छ। सेवा सुविधा दिने गरी प्रक्रिया अघि बढिसकेको भन्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरे कारवाही गरिने प्राधिकरणले जनाएको छ ।