१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतबाट नेपालमामिला डट कम समाचार प्रोटलको शुरुआत

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७७, सोमबार ०९:४२

लण्डन । लक्ष्मीपूजाको शुभ अवसरमा स्वदेश र विदेशमा रहेका आधा दर्जन युवाहरुले एउटा नयाँ अनलाइन खबरपत्र शुरु गरेका छन् । गत कार्तिक २९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङबाट नयाँ अनलाइन खबर पत्रिका नेपाल मामिला डट कमको औपचारिक उद्घाटन भयो ।

मन्त्री नेम्बाङ प्रमुख अतिथि रहेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी र अष्ट्रियाका लागि नेपाली राजदुत प्रकाश कुमार सुवेदीको उपस्थिति विशेष रह्यो । अन्य विशेष अतिथिहरुमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, गैरआवासीय नेपाली संघका प्रवक्ता डी. बी. क्षेत्री र प्राध्यापक डा. चन्द्र लक्सम्बा उपस्थित थिए ।

नेपाल, मकाउ, मध्यपूर्व र युरोपका युवा पत्रकार र लगानीकर्ताहरुको संयुक्त प्रयासमा नेपाल मामिला डट कम शुरु भएको कुरा कार्यक्रम सञ्चालक तथा उक्त अनलाइनका प्रधान सम्पादक खुशी लिम्बूले जानकारी दिए ।

नेपाल मामिला डट कमको सफलतको शुभकामना व्यक्त गर्दै मन्त्री नैम्बाङले सरकाले सञ्चारको नीतिगत क्षेत्रमा गरिरहेको विकास बारेमा पनि प्रकाश पारे । उनले विशेष गरी सञ्चारक्षेत्रको विकास र नीतिगत सुधारका लागि वर्तमान सरकार लागिपरेको तर्कहरु प्रस्तुत गरे । त्यस्तै उनले क्लीन फीड विज्ञापन ऐन लागू भएपछि चालु मिडिया र सञ्चारको बजार कारोबार झण्डै २० अर्ब बराबरको हुने, साथै सार्वजनिक प्रसारण विधेयक पनि पारित र लागू भएपछि राज्यको विद्युतीय सञ्चारगृहहरुमा समेत निजी क्षेत्रको पहुँच रहने दावी गरे ।
त्यस्तै, मन्त्री नेम्बाङले पत्रकारहरुको स्वास्थ्य र क्षमता विकासका लागि पनि सरकारले साढे पाँच करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको प्रसंग निकाले ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, अष्ट्रियाका लागि नेपाली राजदुत प्रकाश कुमार सुवेदी, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, यूके अध्यक्ष बिपिन निरौला, उपाध्यक्ष एभेरस्ट गौतम र सचिव मनदीप केसी, एनआरएनएका प्रवक्ता डी. बी. क्षेत्री, नेपाल पत्रकार महासंघ यूकेका सचिव डा. जगन कार्की, पूर्व अध्यक्ष चिरन शर्मा र सल्लाहकार भगीरथ योगी, फोनिज यूकेका संस्थापक अध्यक्ष विस्वासदीप तिगेला र महासचिव कर्मा पहाडी र ब्रिटेन नेपाल प्रज्ञा परिषदका अध्यक्ष डा. कृष्ण अधिकारीको उपस्थिति रह्यो ।

त्यस्तै गरी प्रवासी नेपाली मञ्च यूकेका पूर्व अध्यक्ष बिजय बिक्रम लिङदेनको उपस्थिति रह्यो । लिम्बू पत्रकार संघ यूकेका अध्यक्ष अमित थेबे, विश्व सम्पदा संरक्षण अभियानका अग्रणी विधु कायस्थ, ट्वेण्टीफोर न्युज प्रेसका अध्यक्ष विनय अघिकारी, युरोप नेपाली खबर का प्रधान सम्पादक राज कुमार थापा, एभरेस्ट टाइम्सका निदेशक मधुकार गुरुङ, लेखक तथा नागरिकता अभियन्ता अधिवक्ता गोविन्द बेल्वासे, प्रवासी नेपाली मञ्च अस्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा, एनआरएनए अष्ट्रियाका बरिस्ठ उपाध्यक्ष विकास कार्की, नेसास अस्ट्रियाका अध्यक्ष रमेश खड्का र एस.सी.भी. सगरमाथाका उपाध्यक्ष लक्ष्मण भुजेलको पनि कार्यक्रममा उपस्थिति रह्यो ।