१३ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी अप्ठेरोमा छ मिलेर जानुहोस् : राष्ट्रपति

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७७, मंगलवार १६:३८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ। नेकपाभित्र तीव्र रूपमा विवाद गर्माएका बेला राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन्। करिब दुई घण्टासम्म राष्ट्रपति र प्रचण्डबीच भेटघाट भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

नेकपा विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्डले छलफल गरेका थिए। भेटमा राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई पार्टीमा मिलेर जान सुझाव दिएकी थिइन्।

यसअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पटकपटक राष्ट्रपति भण्डारीलाई भेट्दै आएका थिए। पार्टीमा अप्ठेरो स्थितिमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग पार्टीका विवाद समाधानबारे सहयोग गर्न आग्रह गरेका थिए। तर राष्ट्रपति भण्डारीले भने आफू कुनै पनि नेतालाई केही पनि भन्न सक्ने अवस्थामा नरहेको भन्ने जवाफ दिएको बताइएको छ।