१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा पेट्रोल र डिजेलबाट चल्लने सवारीमा प्रतिबन्ध !

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७७, बुधबार ०८:५७

लण्डन । अबको दश वर्षपछि बेलायतमा पेट्रोल र डिजेलबाट कुद्ने सवारीमा प्रतिबन्ध लाग्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।

स्वच्छ वातावरण योजनाअनुसार बेलायतमा सन् २०३० पछि पेट्रोल र डिजेलबाट कुद्ने सवारीहरुमाथि प्रतिबन्ध लाग्ने भएको हो।

प्रधानमन्त्री जोन्सनका अनुसार बेलायतले जलवायू परिवर्तनलाई नियन्त्रण गर्न, हरित औद्योगिक क्रान्ति गर्न र आणविक जस्ता उद्योगहरूमा रोजगारी सिर्जना लगानी गर्नेछ।

बेलायतले सन् २०५० भित्र शून्य उत्सर्जनको योजनालाई पुरा गर्ने अपेक्षा गरेको छ। यसबीचमा सन् २०३० भित्र बेलायतले पेट्रोल र डिजेलबाट चल्ने सवारीमा प्रतिबन्ध लगाउने भएको हो।

जोन्सनका अनुसार बेलायतले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनेछ।