१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा आइफोन बोकेको ट्रकमा लुटपाट

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७७, बिहीबार ०९:१३


लण्डन । । लुटेराहरुले एप्पल कम्पनीका आइफोन, आइप्याड र स्मार्ट वाचहरु बोकेर गइरहेको ट्रकलाई बाटोमा रोकेर ८० करोड रुपैयाँ बराबरका एप्पलका सामानहरु लुटेका छन् । बेलायतको नर्थेम्पटनशायरमा लुटपाटको क्रममा लुटेराहरुले ट्रक ड्राइभर र सुरक्षा गार्डलाई बाँधेर छाडेको
बीबीसीको रिपोर्टमा जनाइएको छ ।

नर्थेम्पटनशायस पुलिसका अनुसार साउथबण्ड स्लिप रोडको वंक्सन १८ मा नोभेम्बर १० का दिन ग्रिनविच समयअनुसार बेलुकी पौने ८ बजेदेखि ८ बजेको बीचमा भएको हो । चोरी भएका सामानहरु आइफोन ११ एस, एयरपड र एप्पल वाचहरु थिए जसको मूल्य ५ मिलियन पाण्ड थियो । पुलिसले ती लुटेराहरुले अवैध रुपमा ती सामानहरु बेच्न चाहने अनुमान गर्दै यदि कसैले असामान्य अवस्थामा एप्पलका उत्पादनहरु अफर गरेको अवस्थामा पुलिसलाई खबर गर्न आम जनतालाई आग्रह गरेको छ ।

पुलिसका अनुसार लरी रोकेर ड्राइभर र सुरक्षागार्डलाई बाँधेपछि त्यो लरीलाई क्रिकस्थित एल्डोन क्लोज लगिएको थियो जहाँ पछाडिको सामान राख्ने ट्रेलरलाई लुटेराहरुले अर्को ट्रकमा सारेर लिएर गएका थिए । अर्को ट्रक त्यहाँ पर्खेर बसिरहेको थियो । पुलिसका अनुसार लुटेराहरुले ड्राइभर र सुरक्षा गार्डलाई बाँधिएकै अवस्थामा छाडेर गएका थिए । लुटेराहरुले भाग्न प्रयोग गरेको ट्रक पछि लेसिस्टरशायरको लट्टरवर्थमा भेटिएको छ । यहाँबाट लुटेराहरुले एप्पलका सबै सामानहरु अर्को कुनै तेस्रो गाडीमा हालेर गएको हुन सक्ने अनुमान गरिएको छ ।