७ बैशाख २०८१, शुक्रबार
Follow Us

दरबार हत्याकाण्ड छानबिन गरौं

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार ०३:३६

काठमाडौं । डेढ दशक (२०५८ जेठ १९) अघिको ऐतिहासिक दरबार हत्या काण्ड पुनः छानबिन गर्नुपर्ने बिषय मन्त्रीपरिषद्मै चर्को रुपमा उठेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक परिस्थतिबारे बुधबार विज्ञप्ति मार्फत दिएको सार्वजनिक अभिव्यक्तिको सन्दर्भले बिहिबार मन्त्रीपरिषद् बैठकमा प्रवेश पाउनासाथ मन्त्रीहरुले दरबार हत्याकाण्डको सत्य तथ्य अझै सार्वजनिक नभएकाले पुनः छानबिन गर्नुपर्ने भन्दै लामो छलफल गरेको सहभागी मनत्रीहरुले बताएका छन् ।
पूर्वराजाको अभिव्यक्ति संघीय गणतन्त्रविरुद्ध गम्भीर षड्यन्त्र हुनसक्ने औंल्याउँदै उनीहरुले यसलाई प्रतिगमनले टाउको उठाउन लागेको रुपमा लिँदै पूर्वराजाका गतिविधिमा गम्भीर निगरानी गरिनुपर्ने धारणासमेत राखेका छन् ।
उक्त विषयमा मन्त्रीपरिषद्ले तत्काल कुनै निर्णय नगरेपनि पूर्वराजाको विज्ञप्ति गम्भीर भएकाले सचेत हुनुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
घटनाबारे तत्कालिन प्रधानन्यायाधीसको अध्यक्षतामा गठित सत्यतथ्य छानविन आयोगले तत्कालिन युवराज दिपेन्द्रले आवेगमा गोली चलाएर हत्याकाण्ड मच्चाएको र अन्त्यमा आफैंलाई गोली हानेको प्रतिवेदन दिएको थियो । आयोग प्रतिवेदनमा आम जनता भने विश्वस्त छैनन् ।
नागरिक दैनिकबाट