१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए केन्द्रीय समितिको बैठक आइतवार बस्ने

नेपालब्रिटेन डट कम्
४ मंसिर २०७७, बिहीबार १४:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ७५ औं बैठक आगामी आइतवार बस्ने भएको छ ।

गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाका अनुसार बैठकमा गैरआवासीय नेपाली संघले अघि सारेका नयाँ अजेण्डाहरुमा समेत छलफल हुने छ ।

बैठकमा संघका महासचिव डा. हेम राज शर्मा र सचिव गौरी राज जोशीले एमआईएस सिस्टमको बारेमा विषेश जानकारी दिने छन् । संघले तयार गर्न लागेको सदस्यता र निर्वाचन सम्बन्धी प्रोटल तयार भएको जनाएको छ ।

बैठकमा अध्यक्ष कुमार पन्तले नेपालमा संघको लगानी, उपाध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारी, मन केसीले प्रविधी ट्रान्सफर, अर्जुन कुमार श्रेष्ठले नेपाल प्रमोशन र सोनाम लामाले एनआरएनए परोपकार सम्बन्धी विषयमा आआफ्ना धारणा राख्ने भएका छन् ।

बैठकमा विषेश अधिवेशन, नेपालमा लगानी विधान संशोधन लगायतका विषयमा छलफल हुने छ ।

विधान समिति र संरक्षकहरु बीच छलफल
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन सुझाव समितिले संघका संरक्षकहरुसंग विहीवार छलफल गरेको छ । संयोजक भूषण घिमिरेको संयोजकत्वमा आयोजित बैठकमा संघका पूर्वअध्यक्षहरु लगायत संस्थापक नेता राम प्रताप थापालाई आमन्त्रण गरिएको थियो ।

विधान समितिका उपसंयोजक गंगाधर गौतमका अनुसार बैठकमा बोल्ने वक्ताहरुले संघले अघि सारेका आजेण्डा प्रति सकरात्मक विचार व्यक्त गर्दै सबै पक्षलाई समेटर अघि बढ्न सुझाव दिएका थिए ।