६ बैशाख २०८१, बिहीबार
Follow Us

चोटले समस्यामा लिभरपुल

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७७, शनिबार ०४:४३

लन्डन । नयाँ सिजनको आठ खेल सकिँदा शीर्षस्थानको लेस्टर सिटीसँग गत सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुल एक अंकले मात्र पछि छ ।  चोटका कारण लिभरपुलले लेस्टरसँगको अबको खेल मुख्य पाँच खेलाडीविनै खेल्नुपर्ने देखिएको छ ।

लिभरपुलले प्रिमियर लिगको नवौं चरणमा आइतबार राति १ बजे शीर्षस्थानको लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । लेस्टरको ८ खेलमा ६ जित र २ हारसहित १८ अंक रहेको छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ८ खेलमा ५ जित २ बराबरी र १ हारसहित १७ अंक रहेको छ । लिभरपुलका महŒवपूर्ण फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणका कारण टोली बाहिर छन् । भर्जिल भान डाइक, जोय गोमेज, ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड, एन्ड्रिउ रोबर्टसन र फाबियानोसमेत चोटका कारण टोली बाहिर छन् ।

गत महिना एभर्टनसँग २–२ गोलको बराबरीमा सकिएको खेलमा चोट बोकेका भान डाइकले लेस्टरसँग मात्र होइन, यो सिजनका धेरै खेल गुमाउने पक्का छ । तर, उनी सामान्य प्रशिक्षणमा फर्किएका छन् । घुँडाको शल्यक्रिया गरेर आराममा रहेका गोमेजले पनि अरु महŒवपूर्ण खेलसमेत गुमाउने पक्का छ । चोट बोक्नुअघि पहिलो रोजाइमा खेल्दै आएका अर्नोल्ड पनि डिफेन्समा मात्र होइन, आक्रामक खेलका लागि उपयोगी भइरहेका थिए ।

लिभरपुलमा अहिले क्यामरुनका जोय माटिप मात्र फिट सेन्टर ब्याक रहेका छन् । पछिल्लो समय चोटको समस्याले नै गर्दा उनले समेत यो सिजन सबैमा गरेर तीनपटक मात्र खेलेका छन् । जसले उनले सातामा तीन खेल खेल्न सक्ने अवस्था देखिँदैन । उनलाई जेम्स मिल्नरले साथ दिने सम्भावना छ । डिफेन्समा देखिएको समस्याले गर्दा नै क्लोपले मिडफिल्डर हेन्डरसन र वाइनाल्डमलाई समेत डिफेन्समा खेलाउने प्रयास गरिरहेका छन् । यसैले जनवरीमा हुने खेलाडी किनबेचको समयमा लिभरपुलले डिफेन्डर अनुबन्ध गर्ने अनुमान गरिएको छ ।