१६ चैत्र २०८०, शुक्रबार
Follow Us

किन आउँदैछन चिनियाँ रक्षामन्त्री नेपाल ?

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७७, शनिबार ०४:५५

काठमाडौं । चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने भएका छन । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे आगामी दशदिन भित्र नेपाल भ्रमणमा आउने भएका छन । रक्षामन्त्री फेङहे नेपाल भ्रमणमा आउने भएपछि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी सुरु गरेको छ ।

औपचारिक रुपमा भने नेपाल र चीन दुबैले भ्रमणका विषयमा जानकारी सार्वजनिक गरेका छैनन । चीनले भने मंसिर १४ गतेका लागि भ्रमण तय गरेको बताइएको छ । जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन् ।

वेइ राष्ट्रपति सी चिनफिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका चारमध्ये पहिलो नम्बरका सदस्य समेत हुन । चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता नेपाल आउन लागेका उनी उच्च चिनियाँ अधिकारी हुन ।