November 24, 2020
1:13 AM | 6:58 AM

विश्वमा ४ करोडभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

  21/11/2020 मा प्रकाशित

लन्डन । विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा तिमध्ये चार करोड ९३ हजार कोरोनामुक्त भएका हुन् । निको हुनेको संख्या कूल संक्रमितको ६९ दशमलब २६ प्रतिशत हो ।

गत २४ घण्टामा विश्वमा थप तीन लाख ८६ हजार ७१३ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ६४ लाख १८ हजार ९० रहेको छ ।

कोरोना संक्रमण भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ । गत २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजारभन्दा धेरैको मृत्त्यु भएको छ । गत वर्षको डिसेम्बरमा चिनको वुहानबाट कोरोना भाइरस संक्रमण शुरु भएको थियो ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा एक करोड २२ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । दुई लाख ६० हजार भन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा हाल ४६ लाख ९५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । छिमेकी मुलुक भारतमा ९० लाखभन्दा धेरैमा संक्रमण हुँदा एक लाख ३२ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया