१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा १६७४ जना संक्रमित थपिए, ७ जनाले ज्यान गुमाए

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७७, शनिबार १०:५३

नेपालमा थप एक हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन्। साथै २ हजार ३ सय २३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख १८ हजार ६ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ९ सक्रिय संक्रमित छन्।

एक लाख ९३ हजार ३ सय २५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन्।