१५ चैत्र २०८०, बिहीबार
Follow Us

टोटनह्यामसँग म्यानचेस्टर सिटी पराजित

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०७७, आईतवार ०३:४३

लन्डन । म्यानचेस्टर सिटीमाथि प्रभावशाली जित निकाल्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । सिटीलाई २–० ले पराजित गरेर टोटनह्याम शीर्ष स्थानमा पुगेको हो ।

टोटनह्यामका लागि सन हेङ्ग–मिन र जिओभानी लो सेल्सोले गोल गरे जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ९ खेलबाट २० अंक भएको छ । उ दोस्रो र तेस्रो स्थानमा रहेका चेल्सी र लेस्टर सिटी भन्दा दुई अंकले अघि रहेको छ ।

शनिबार राति नै भएको खेलमा चेल्सीले न्यूक्यासलमाथि दुई शुन्य कै जित दर्ता गरेको छ । चेल्सीका लागि ट्यामी अब्राहमले गोल गरे भने न्यूक्यासलका फेर्नान्डेजले आत्मघाती गोल गरे । जितपछि दोस्रो स्थानको चेल्सीको १८ अंक भएको छ ।

अरु खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रोमलाई एक–शुन्य ले पराजित गरेको छ । अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई दुई–एक ले पराजित गरेको छ ।