November 28, 2020
10:39 PM | 4:24 AM

क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू लगाइयो

  22/11/2020 मा प्रकाशित

क्यालिफोर्निया । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू लगाइएको छ । डिसेम्बर २१ सम्म रहने गरी कर्फ्यू जारी गरिएको हो । आवश्यकता अनुसार यसलाई बढाउन सकिने त्यहाका अधिकारीहरुले बताएका छन् ।

क्यालिफोर्नियामा दश लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या टेक्सासपछिको धेरै हो । धेरै राज्यहरुमा मास्कलाई अनिवार्य बनाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरेपनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो २४ घण्टामा अमेरिकामा अहिलेसम्मकै धेरै १ लाख ८७ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा अहिले दैनिक २ हजार मानिसको कोरोना संक्रमणवाट मृत्यु भैरहेको छ । यो संख्या जुन यताको उच्च हो ।

अमेरिकाभर हालसम्म १ करोड २४ लाख ५० भन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २ लाख ६१ हजार ७ सय नाघेको छ ।

प्रतिक्रिया