८ बैशाख २०८१, शनिबार
Follow Us

पृथ्वीजयन्ती मनाउने एनआरएनको निर्णय विवादमा

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार १०:२१

लन्डन । गैरआवासीय नेपाली संघले आफ्ना राष्ट्रिय समितिहरुलाई प्रष्ट गाइडलाइन दिन नसक्दा गैरआवासीय नेपाली संघ अमेरिकाले गरेको एउटा निर्णय विवादमा परेको छ । गैरआवासीय नेपाली संघ अमेरिकाले संयुक्त राज्य अमेरिकामा संस्थागत ढंगले पृथ्वीजयन्ती मनाउने निर्णय विवादमा परेको हो ।

निर्णय पछि अमेरिकास्थित नेपाली डायस्पोरामा रहेका संघीयता पक्षधर पाँच संस्थाले मिट द प्रेस कार्यक्रमको आयोजना गरी आपत्ति प्रकट गरेका छन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय समितिलाई के गर्न हुने र नहुने भन्ने बिषयमा कुनै निर्देशन दिन नसक्दा कतिपय एनआरएनका राष्ट्रिय समितिले संघको उदेश्य र मर्यादा भन्दा बाहिर गएर गतिविधी सञ्चालन गर्दै आएका छन् ।

अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)
कार्यक्रममा आयोजना गर्नेहरूमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९फिप्ना०, नेपाली संघीय समाज अमेरिका, संघीय लिम्बुवान मंच अमेरिका, मधेशी अराउण्ड दि वल्र्डका अध्यक्ष सतेन्द्र साह र सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपाल रहेका छन् ।

मिट द प्रेसमा सञ्चारकर्मीहरूलार्इ सम्वोधन गर्नेहरूमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९फिप्ना०का अध्यक्ष लुईसाङ वाईवा तामाङ, नेपाली संघीय समाज अमेरिकाका अध्यक्ष समीर महर्जन, संघीय लिम्बुवान मंच अमेरिकाका अध्यक्ष विरेन्द्रहाङ लाबुंग लिम्बु, मधेशी अराउण्ड दि वल्र्डका अध्यक्ष सतेन्द्र साह र सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपालका संयोजक मणि बाङ्देल रहेका थिए ।

एनआरएन अमेरिकाको यस कदमले अमेरिकामा रहेका नेपालीहरुलार्इ एकीकृत गर्नेभन्दा बिभाजन गर्ने दिशातिर उन्मुख गराउँछ । यसैले पनि यो कार्यक्रम फिर्ता लिनुपर्छ ।
समीर मर्हजन, अध्यक्ष , नेपाली संघीय समाज, अमेरिका
उनीहरूले जारी गरेको विज्ञप्तीमा एनआरएन जस्तो गैंरराजनीतिक संस्थाले यस्तो राजनीतिक मुद्दालाई एकतर्फी रुपमा प्रस्तुत गरेकोमा एनआरएन, एनसिसि, युएसएको वर्तमान नेतृत्वको घोर निन्दा गर्दै यस्तो विवादस्पद राजनीतिक कार्यक्रम आयोजना नगर्न आव्हान गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गणतान्त्रिक राज्यमा परिणत भइसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले समेत नेपालमा राजतन्त्र उन्मूलनपछि पृथ्वी जयन्तीलाई कुनै किसिमको दिवसको रुपमा नमनाउने राज्यको घोषणा पश्चात् पनि एनआरएन, युएसएको वर्तमान नेतृत्वले यस्तो विवादस्पद निर्णय गरेर एनआरएनएको मूल्य र मान्यतामाथि कुठराघात गर्दै गणतन्त्र नेपाल राज्यको विरुद्ध नै अभियान संचालन गर्न दुस्साहस गर्न खोजेको निस्कर्ष निकालेको उनीहरूको विज्ञप्तीमा उल्लेख छ ।

गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको पक्षमा प्रतिबद्दतासहित जारी विज्ञप्तिमा एनआरएनए सारा प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा विकसित हुदै गर्दा एनआरएन, युएसएकोे वर्तमान नेतृत्वले राजनीतिक विषय वस्तुलाई अङ्गीकार गरेर अमेरिकी नेपालीहरु माँझ यस संस्थाप्रतिको साझा विश्वासमा गम्भीर आँच पु-याएको आरोप लगाइएको छ ।
signature
गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले, महासचिव डा बद्री केसी र एनआरएनए उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामालार्इ वोधार्थ दिइएको विज्ञप्तीमा एनआरएन, अमेरिकाको वर्तमान नेतृत्वलाई विधान बमोजिम कारवाही गर्न अनुरोध पनि गरिएको छ ।
– हिमाल टिभीको सहयोगमा