१२ बैशाख २०८१, बुधबार
Follow Us

पोर्चुगलमा कोरोना संक्रमणबाट एक नेपाली महिलाको निधन

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७७, आईतवार २१:१७

लण्डन । कोरोना संक्रमणको विश्वव्यापी महामारीले पोर्चुगलमा पहिलो पटक एक नेपाली महिलाको निधन भएको छ ।

पत्रकार राजकुमार थापाका अनुसार नेपालमा ओखलढुंगा घर भइ लामो समयदेखि पोर्चुगलको साऊजऊ स्तोरेलमा बस्ने मुना श्रेष्ठको गत शुक्रवार कोरोनाका कारणले निधन भएको हो ।

४२ वर्षिया श्रेष्ठ पति हेमन्तकुमार सहित एक छोरी एक छोराका साथ बस्दै आएकी थिइन् ।

उनी निमोनियाको कारणले विगत तीन हप्ता देखि स्थानिय अस्पतालमा भर्ना भएकी थिइन् ।