१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लिभरपुलद्वारा लेष्टर सिटी पराजित

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार ०४:१३

लन्डन । लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लिभरपुल ३–० ले विजयी भयो ।

लेष्टरविरुद्धको खेलमा लिभरपुलका लागि डिएगो योटा र रोबर्टो फर्मिनोले एक एक गोल गरे । लेष्टरका जोनी इभान्सले एक आत्माघाति गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा लिड्स युनाइटेडले आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ ।

यसैगरी वेष्ट ह्याम युनाईटेडले शेफिल्ड युनाईटेडलाई १–० ले हराउँदा एभर्टनले फुल्हममाथि ३–२ को जित निकाल्यो । फुल्हमको मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन डोमिनक काल्भर्ट लेविनले दुई तथा डोकोरेले एक गोल गरे ।

फुल्हमका लागि रुबेन लोफ्टस चेक र डे कोर्दोभाले दुई गोल फर्काए । गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २० अंक जोडेको टोटनह्याम हट्सपर शिर्ष स्थानमा रहँदा समान २० अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो र चौथो स्थानमा रहेका चेल्सी र लेष्टर सिटीको समान १८–१८ अंक छ ।