१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महोत्तरीको हार्डवेयर गोदाममा आगलागी, झन्डै १० करोडको क्षति

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार ०६:३७

महोत्तरी । महोत्तरीको एक हार्डवेयर गोदाममा आगलागी हुँदा झण्डै १० करोडको क्षति भएको छ । गए राति औरही –१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा भएको भीषण आगलागीका कारण १० करोड बराबरको क्षति भएको बताइएको छ ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । पाँच वटा दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो । चार घण्टा पछि मात्रै नियन्त्रणआएको थियो । आइतबार साँझ ७ बजेदेखि लागेको आगो राति ११ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

हार्डवेयर पसलको गोदाम भएको घरको माथिल्लो तल्लामा सुविसु नेटको कार्यालय तथा साधना लघुवित्त सञ्चालनमा थियो। हार्डवेयर गोदाम र सुविसुको अफिस जलेर खरानी भएको र लघुवित्तमा आंशिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।