१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस सांसद पाण्डेले लिए शपथ

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार ०९:३६

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

पद तथा गोपनियताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए । उनले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने पनि बताए ।

सांसद पाण्डेले मुलुकको बिकासका लागि दलहरुबीचको एकता आवश्यक रहेको जिकिर गर्दै अहिले दलहरुलाई कमजोर बनाउने काम भइरहेको बताए । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो ।

केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य थिए । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर तीनबाट निर्वाचित भएका थिए ।