१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१९८० जनामा संक्रमण पुष्टि, नेपालमा निको भएको दर ९०.९ प्रतिशत

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार ११:३५

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिएको १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षणमा ७८९ महिला र ११९१ जना पुरुषमा गरी १९८० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा निको भएको दर ९०.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १३३७ रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

काठमाडौं उपत्यमामा गत २४ घण्टामा १००७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकाबाहेक सबैभन्दा धेरै झापामा १०६, मोरङमा ३७, सुनसरीमा ५०, काभ्रेमा ५४, चितवनमा ८३, कास्कीमा ७०, गोरखामा ३८, रुपन्देहीमा ४७, कैलालीमा २६ जना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा २४५, प्रदेश २ मा ४७, बागमति प्रदेशमा १ हजार २ सय ६९, गण्डकी प्रदेशमा १८४, लुम्बिनी प्रदेशमा १६५, कर्णालीमा २३ र सुदुरपश्चिममा ४७ जना संक्रमित थपिएका छन् ।