१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साउथह्याप्टनको तेस्रो स्थानमा पुग्ने अवसर गुम्यो

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७७, मंगलवार ०४:३०

लन्डन । ईङ्लिस प्रिमियर लिग फुटबल साउथह्याप्टन उल्भ्ससँग बराबरीमा रोकिएको छ । गएराति दुबै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । साउथह्याप्टनका लागि वालकोट र उल्भ्सका लागि नेटोले गोल गरे ।

बराबरीसँगै साउथह्याप्टनले तेस्रो स्थानमा पुग्ने र शीर्ष दुई स्थानका टोटनह्याम तथा लिभरपुललाई टक्कर दिने मौका गुमाएको छ । बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ ।

टोटनह्याम र लिभरपुलका समान २० तथा चेल्सी र लेस्टर सिटीको समान १८ अंक छ । १४ अंकसहित उल्भ्स नवौँ स्थानमा पुगेको छ ।

अर्को खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई एक शुन्यले पराजित गरेको छ । बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । बर्नलीको यो लिगमा पहिलो जित हो । बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा छ ।