७ बैशाख २०८१, शुक्रबार
Follow Us

कक्षा १२ को परीक्षा आजदेखि शुरु

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७७, मंगलवार ०४:३१

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर परीक्षामा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

परीक्षा मंसिर १६ मा सकिनेछ । यस पटकको परीक्षामा आफू रहेको स्थान नजिकको परीक्षा केन्द्रबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ ।

बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो ।