१५ चैत्र २०८०, बिहीबार
Follow Us

बर्दिबासबाट हराएकी छ वर्षीया बालिकाको शव बोरामा

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७७, मंगलवार ०५:५१

महोत्तरी । महोत्तरीको बर्दिबास चौध शुभम् बस्तीबाट बेपत्ता भएकी छ वर्षीया बालिकाको शव फेला परेको छ । आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव गएराति हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा फेला परेको हो ।

बर्दिबास चौधस्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ती युवकले आरोप स्वीकारसमेत गरेका छन् ।

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला बलिकालाई उनले बालिकालाई अपहरण गरेर घरमा लुकाएको पीडित परिवारको दावी छ । घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसैबीच बालिका हत्याको विरोध गर्दै स्थानीयहरूले महोत्तरीको बर्दिबास नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।