१२ बैशाख २०८१, बुधबार
Follow Us

बैतडी जीप दुर्घटनामा ५ को मृत्यु, ६ गम्भीर घाइते

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७७, मंगलवार ०९:२८

महेन्द्रनगर । बैतडीको झुलाघाटमा जीप दुर्घटना हुँदा पाँचको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा कलावति चन्द, भगिरथ पाण्डेय, पार्वतीदेवी चन्द, सोही नामकी अर्की पार्वती चन्द र कृष्ण लावडरहेका प्रहरीले जानकारी दिएको छ । त्यसैगरी घाइते हुनेमा रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट र अर्का दुई जना रहेका छन् ।

मंगलबार दिउँसो १ बजे झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जिप बुड्डाको झाल नजिक दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।