१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वभरीका जनसम्पर्क समितीका सभापतिहरुको बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७७, मंगलवार ०९:३७

लण्डन। नेपाली कांग्रेसको विदेशस्थित संपर्क समिती नेपाली जनसम्पर्क समितिका सभापतिहरुको सामुहिक बैठक हालै सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिति अमेरिका र भारतको सयुक्त आयोजनामा भएको भर्चुअल बैठकमा नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवम नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द विष्ट, नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवम नेपाली जनसम्पर्क समिति भारतका सभापती बालकृष्ण पाण्डे लगायत २३ देशका सभापतीहरुको सहभागि रहेको थियो ।

सहभागिहरु क्रमश कृष्ण गिरी अष्ट्रेलिया, पदमसुन्दर गुरुङ, बहराइन, सीता सापकोटा बेल्जियम, बुद्धिप्रकाश ओली क्यानडा, सीता अर्याल साईप्रस, वीरेन्द्रसिंह कार्की डेनमार्क, सुधीर राना फ्रान्स, भुवानीप्रसाद तिमल्सिना युएई, शिखर खड्का जर्मनी, खगेश्वर अधिकारी, ईजरायल, रोशन केसी जापान, लेखबहादुर गुरुङ मकाउ, बुद्धिसागर घिमिरे न्यूजिल्याण्ड, जितेन्द्र शाही नर्वे, डा। एलिनी सुबेदी पोल्यान्ड, बिनोद घिमिरे पोर्चुगल, शंकर न्यौपाने कतार, आस्था बिन्दु मल्ल दक्षिण कोरिया, ईन्द्र शर्मा स्पेन, श्याम सापकोटा स्वीजरल्याण्ड र सन्देश केसी माल्टा बाट सहभागी जनाएको नेपाली जनसंपर्क समिती क्यानाडाका सभापती बुद्दी प्रकाश ओलीले आगमनखबरलाई जानकारी दिए ।

नेपाली कांग्रेसको विधि, विधान, नीति र निर्देशन साथै सम्बन्धित देशको कानुन अनुसार भएको संगठनले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका प्रवासी कांग्रेसजनलाई संगठित गर्दै मातृभूमि र मातृपार्टीको लागि समितिको माध्यमबाट सहयोग गर्दै आईरहेको छ।

विदेशमा रहेका नेपालीहरुलाई आवश्यकता परेका बेला प्रत्यक्ष सहयोग गर्ने र समन्वय गरेर समितिले सामाजिक सेवाको क्षेत्रमा पनि काम गर्दै आएको नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवम नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द विष्टले बताए ।

नेपाली कांग्रेस समर्थक र नेपाली जनसम्पर्क समितिमा आवद्ध आम लोकतन्त्रपक्षधर र कांग्रेसका सदस्य, शुभेच्छुक मित्रजनलाई एनआरएन लगायत अन्य स्थानीय संघ, संस्थाको नेतृत्वदायी भूमिका रहेर काम गर्न पनि समितिले समन्वय गर्दै आइरहेको जनाएको छ ।

समितिका आन्तरिक र मातृपार्टीसंग समन्वय गरेर गर्नुपर्ने सांगठनिक विषयमा जनसम्पर्क समितिका सबै अध्यक्षहरुसंग परामर्श र छलफल गरी साझा निष्कर्षमा पुग्ने उद्देश्यसहित नोभेम्वर २२ मा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द विष्ट र बालकृष्ण पाण्डेको संयुक्त पहलमा समितिका सबै सभापतिहरुको सामुहिक बैठक सम्पन्न भएको हो।

बैठकमा आगामी अधिवेशन, क्रियाशिल सदस्यता बितरण, एनआरएनए निर्बाचनमा सकृय भूमिका सहितको सहभागिता नेपाली जनसम्पर्क समितिहरुको हक हितका साथै बिद्यमान समस्याहरुलाई नेपाली जनसम्पर्क समिती समन्वय बिभाग मार्फत पार्टीलाई अबगत गराउने, बिश्वभरीका जनसम्पर्क समिति र अध्यक्षहरुको एक्यबद्धता, बिश्व जनसम्पर्क समितीका सभापती साथै संगठनभित्र आपसी एकता र मेलमिलापको बातावरणको माहोल सृजना गर्नेतिर पहकदमी लिने लगायतका बिषयमा छलफल भएको थियो ।

यस्ताछन बैठकले गरेका निर्णयहरुः

१ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेको नेतृत्वमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुने एक समन्वय टीम क्रियाशील गर्ने र यस्तो टीमले हाल एनआरएन गठन रहेका सबै देशको एनसीसी र आगामी आइसीसी नेतृत्वमा नेपाली कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेका साथीहरुको नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने निर्णय गरिएको छ । यसका लागि आवश्यकता अनुसार विभिन्न देशमा रहेका कांग्रेस निकट एनआरएन अभियान र जनसम्पर्क समितिको विभिन्न भूमिका रहनु भएका साथीहरुको एक बृहत कार्यदल गठन गर्न पहलकदमी लिने। यसका लागि पार्टीको मूल नेतृत्वसमक्ष आवश्यक समन्वय गर्नका लागि आमन्त्रित केन्द्रीय सदस्यद्वयले जिम्मेवारी लिने ।

२. जनसम्पर्क समितिहरुको आगामी अधिवेशनका लागि क्रियाशिल सदस्यता प्राप्त नगरिसकेका देशको हकमा पार्टी सँग पहल गरी यथाशीघ्र सदस्यता उपलब्ध गराउन पहल गर्ने।

३. पार्टीको बिधि र बिधान बिपरीत आम शुभेच्छुकहरुलाई भ्रम सिर्जना हुने गरी आफूखुशी जनसम्पर्क समितिको नाममा यसको मर्यादा र गरीमामा समेत आंच आउने गरी खोलिएका र स्थापना गरिएको भनिएका सबैखाले कथित समितिहरुको भर्त्सना गर्ने र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सामूहिक रुपमा आवाज बुलन्द गर्ने। यसका लागि सबै देशका जनसम्पर्क समितिले आआफ्नो देशको कार्यसमितीको बैठक मार्फत आवश्यक प्रकृया अघि बढाउने।

४. एनआरएन र र नेपाली जनसम्पर्क समितीसँग आबद्ध र अनुभबी ब्यक्तीहरु सहभागी हुने गरी तत्काल छलफल र बैठक शुरु गर्ने।

५. नेपाली जनसम्पर्क समिति माल्टाको तदर्थ समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन नेका आमन्त्रित केन्द्रिय सदस्यद्वयले पहलकदमी लिने।

६. विश्वभर छरिएर रहेका लोकतान्त्रिक पक्षधर नेपालीहरुको योग्यता, क्षमता र बिज्ञता हासिल गरेका व्यक्तिहरुको पहिचान गरि उहाँहरुको अनुभवलाई पार्टी र मातृभूमिको हितका लागि सदुपयोग गर्न विश्वब्यापीरुपमा पहल गर्ने ।