७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज नेपालमा १७९० जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७७, मंगलवार ११:३२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।

कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा छन्।