January 22, 2021
7:18 PM | 1:03 AM
ताजा खबर

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

  25/11/2020 मा प्रकाशित

बुटवल । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् । काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका हुन् ।

अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपछि पौडेलको रुपन्देहीमा आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया