January 22, 2021
7:30 PM | 1:15 AM
ताजा खबर

आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै

  25/11/2020 मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ। मङ्गलवार मन्दिरमा पूजापाठ गरेको महाप्रसाद बुधवार राष्ट्रपति भण्डारी समक्ष ल्याइन लागेको हो ।

मङ्गलवार दिउँसो करिब पौने दुई बजेको समयमा मन्दिरको शिलामा पटक पटक पसिना आएपछि मन्दिरका पुजारी तथा गुठियारहरूले पूजापाठ गरेको थिए ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगेर भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग बैठक गरी चलिआएको परम्परा अनुसार आज (बुधवार) मङ्सिर १० गते राष्ट्रप्रमुख समक्ष उक्त पूजापाठको महाप्रसाद पठाउने तयारी भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया