८ बैशाख २०८१, शनिबार
Follow Us

लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७७, बिहीबार ०५:३६

व्यूनर्सआयर्स । लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । म्यारोडोनाको ६० वर्षको उमेरमा हिजो बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ ।

हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।

म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन् ।