१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अफ्रिका सम्मेलनको तयारी पूरा, अधिकांस केन्द्रिय नेता गएनन्

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार १२:२९

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रिय सम्मेलन शनिवार देखी तान्जेनियाको राजधानी दार–ए सलाम शुरु हुदैछ । अफ्रिकामा नेपालबाट बढ्दो मानब तस्करी, अफ्रिकामा रहेका नेपालीहरुको समस्या लगायतका महत्वपूर्ण मुद्धामा छलफल हुने सो सम्मेलनका लागि बिभिन्न देशका प्रतिनिधी त्यहाँ जम्मा हुनेक्रम जारी छ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका अधिकांस पदाधिकारी भने अनुपस्थित रहने भएका छन् । गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेले यसअघि नै आफ्नो ब्यस्तताका कारण अनुपस्थित रहने जनाउ दिएका थिए ।

बैठकमा अफ्रिकामा रहेका एनआरएनएका १४ राष्ट्रिय समिति मध्ये नौ भन्दा बढी मुलुकबाट सहभागी हुने गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिकमत थापाले जनाए ।

सम्मेलनमा भाग लिन प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त अफ्रिका पुगेका छन् । पदाधिकारी मध्यका उपाध्यक्ष भवन भट्ट, महासचिब डा.बद्री केसी, सचिव अर्जुन श्रेष्ठ, प्रवक्ता रन्जु थापा भने सो सम्मेलनमा सहभागी नहुने भएका छन् ।

गैरआवासीय नेपाली संघ तान्जानियाको आतिथ्यता हुने सो सम्मेलनमा साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल र नागरिक दैनिका पत्रकार मणि दाहाल र एनआरएनएको केन्द्रिय कार्यालयबाट अनिल ढुगांना आदि सहभागी हुने थापाले जनाए ।

२ दिन सम्म चल्ने उक्त सम्मेलनको उद्धघाटन अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राईले गर्ने भएका छन् ।
बैदेशिक लगानी, गैरकानुनी मानब ओसारपसार, अफ्रिका राहतकोष तथा अफ्रिका र नेपालबीच पर्यटन अनुभव आदान प्रदान लगायतका विषयमा सम्मेलन केन्द्रित रहने छ ।