१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए युकेको पहलमा भारतले मिचेको भूमि फिर्ताको माग गर्दै लन्डनमा विशेष कार्यक्रम

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७७, बिहीबार ११:४५

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले भारतले मिचेको भूमि फिर्ता गर्न पहल गर्न विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङका अनुसार भूमि ब्यबस्था मन्त्री पदमा अर्यालको प्रमुख आतिथ्यमा ‘नेपाल–भारत सीमा विवाद: यथार्थ र चुनौति’ बिषयमा आउँदो आइतवार संवाद कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रमलाई फ्रोफेसर सूर्य सुवेदी, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलगायतले सम्वोधन गर्ने भएका छन् । राष्ट्रियता र सार्वभौमिकताका बारेमा सिंगो गैरआवासीयमा आन्दोलित, सचेत र जागरुक गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।