१९ बैशाख २०८१, बुधबार
Follow Us

आर्सनल र लेस्टर सिटी युरोपा लिगको नकआउट चरणमा

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७७, शुक्रबार ०५:२६

एजेन्सी । आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोल्डे एफकेलाई तीन शुन्यले पराजित गर्दै आर्सनल नकआउट चरणमा पुगेको हो ।

आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक–एक गोल गरे । समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ ।

समूह जी मा स्पोर्टिङ्ग ब्रागासँग तीन–तीन गोलको बराबरी गर्दै लेस्टर सिटी पनि नकआउट चरणमा पुगेको छ । लेस्टर सिटीका लागि बार्नेस, थोमस र जेमी भार्डीले गोल गरेका हुन् भने ब्रागाका लागि अल मुस्राती, डिजाय फेर्नान्डेस र रोड्रिग्वेज बार्बोसाले एक एक गोल गरे । बराबरीपछि चार खेलबाट दश अंकसहित शीर्ष स्थानमा रहेको लेस्टरले नआउट चरणमा स्थान बनाएको हो ।

समूह जे अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई चार–शुन्यले पराजित गरेको टोटनह्यामले पनि नकआउट चरणमा स्थान बनाउने अवस्थामा पुगेको छ । टोटनह्यामका लागि अल्भेस मोराइजले दुई तथा विन्क्स र लुकास मौराले एक–एक गोल गरे । जितपछि उसको नौ अंक भएको छ ।