१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल विवादमा

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७७, शुक्रबार ०९:५४


फर्जी पत्र सार्वजनिक गरेको आरोप

सिड्नी । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल विवादमा मुछिएका छन् । पदावधि सकिन केही महिनामात्र बाँकी रहेकै बेला गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विभिन्न ३५ वटा टास्कफोर्स समिति गठन गर्दा कँडेलले हस्ताक्षर बिनाको संघको लेटरप्याड अनधिकृत रुपमा फर्जी बनाए पछि विवादमा आएका हुन् । उनी माथि टाक्सफोर्स गठन गर्दा मनोपली गरेको आरोप छ ।

अध्यक्ष केशव कँडेलले एनआरएनए अष्ट्रेलियाको नेतृत्व लिए लगत्तै नै सबै समिति र उपसमिति गठन गर्ने प्रतिवद्धता ब्यक्त गरे पनि यसले पूर्णता पाउन करिब १८ महिना लागेको हो ।
यसरी अन्तिम समयमा आएर महत्वपूर्ण नियुक्तिहरु गरिनुलाई आगामी एनआरएनए निर्वाचनमा आफ्नो पक्षको पल्ला भारी बनाउनेप्रति लक्षित गरिएको विश्लेषण एनआरएनए अभियन्ताहरुले गरेका छन् ।

एनआरएनए अष्ट्रेलिया स्रोतका अनुसार कँडेलले संघको नियमावली र पछिल्लो कार्यसमितिको निर्णय विपरीत गएर टाक्सफोर्स गठन भएको हस्ताक्षर विनाको पत्र सार्वजनिक गरेका थिए ।

कतिपयले एनआरएनएको नेतृत्वमा रहेकाहरु बीचको खिचातानीका कारण टास्कफोर्स गठनमा ढिलाई भएको आरोप लगाउदै आएका थिए । अध्यक्ष कँडेलले आफ्नो लोकप्रियताका लागि महासचिव ज्ञानेन्द्र रेग्मीसंगको छलफलनै नगरि अघि बढे पछि विवाद चुलिएको हो ।

रेग्मीको नाम गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको भावि अध्यक्षको रुपमा चर्चामा छ । एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ्गले कँडेल अवैधानिक कामलाई बचाउ गर्दै ढिला भएपनि टास्कफोर्स गठन र यसको संयोजकहरु तोकिनुलाई सकारात्मक भएको बताए ।
गुरुङ्ग आगामी एनआरएनए नेतृत्वको लागि कँडेलको उत्तराधिकारी बन्ने चर्चा समेत हुने गरेको छ ।

एनआरएनएले बनाएका विभिन्न टास्कफोर्स समितिका संयोजकहरु क्षमतावान र काम गरेर देखाउन सक्ने ब्यक्तित्वहरु नै रहेकाले यो नियुक्तीको विरोध नभएको अधिकांशको तर्क रहेको छ । नेपाल प्रमोसन टु मेनस्ट्रिम अष्ट्रेलियाका संयोजक हरिभक्त अधिकारी हुन् या खेलकुद संयोजक भिम बस्नेत, वाटर एन्ड ट्रान्सपोर्ट सेफ्टीका प्रज्ववल भट्टराई हुन या कम्युनिटी सेफ्टी एण्ड अवेयरनेसका सुर्य खनाल छोटो पदावधिमा पनि केही गरेर देखाउन सकिन्छ भन्ने उदाहरण बन्ने प्रयासमा रहेको समाचार हाम्राकुराले छापेको छ ।


खेलकुद संयोजनको जिम्मेवारी लिएका भिम बस्नेत सिड्नीमा लामो समयदेखि खेलकुदका विभिन्न गतिविधिमा सकृय सहभागी भएका ब्यक्ति हुन् ।

टास्कफोर्समा अध्यक्ष कँडेलले एनआरएनए फाउन्डेसन र महासचिव रेग्मीले कन्स्टीच्युसन वाइ ल र वर्क अन डुअल सिटिजनसीपको जिम्मेवारी लिएका छन् । उता प्रवक्ता गुरुङ्गको भागमा हेल्प डेस्क मेनेजमेन्ट र मेड इन नेपाल ट्रेड सो परेको छ । पूर्व अध्यक्ष टोनु घतानेले पोलिसी इन्स्टीच्युटको जिम्मेवारी पाएका छन भने सञ्चारकर्मी डा. भरतराज पौडेलले डिजास्टर रिलिफ म्यानेजमेन्ट संयोजनको जिम्मेवारी पाएका छन ।

नेपाली भाषा तथा साहित्य विभागको जिम्मेवारी पुराना संचारकर्मी हेम दुलालले लिएका छन भने वाक फर वेलफेयर समितिको संयोजनको जिम्मेवारी युवा ब्यवसायी एवं पुराना विद्यार्थी नेता रामजी बस्नेतको भागमा आइपरेको छ ।

गिभिङ्ग ब्याक टु अष्ट्रेलियन कम्युनिटीज विभागको जिम्मेवारी जनसम्पर्क न्यू साउथवेल्स अध्यक्ष तथा युवा नेता थानु (इथान) शाक्यले पाएका छन् । इमरजेन्सी रेपीड रेस्पोन्सको जिम्मेवारी संचारकर्मी प्रतिज्ञा अधिकारीले पाएकी छिन् ।
गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको लागि १० महिना बाँकी छदै बिभिन्न देशमा नेतृत्वको लागि भित्री रुपमा चलखेल बढ्दै गएको छ ।