१४ बैशाख २०८१, शुक्रबार
Follow Us

थपिए १३८० जना कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७७, शनिबार ११:३९

काठमाडौं । नेपालमा आज थप १३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९३६८ जनाको पीसीआर परीक्षणमा १३८० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५१५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ११ हजार १ सय ८६ जना छन् । नेपालमा निको हुने दर ९१ दशमलव ५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १४५४ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ४८५, भक्तपुरमा ३६ र ललितपुरमा १२४ जना संक्रमित थपिए ।