१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महासंघको निर्वाचनमा शतप्रतिशत मत खस्यो, मत गणना आजै हुने

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७७, शनिबार ११:४०

काठमाडौँ। देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभा अन्तर्गत निर्वाचनका मतदान कार्यक्रम सम्पन्न भएको छ । शतप्रतिशत मतदान सहित मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए।

उनका अनुसार बस्तुगत तर्फबाट १०१ मा १०१ नै मतदान भएको छ, जिल्ला नगरबाट १०५ रहेकोमा त्यहाँ पनि शतप्रतिशत नै मतदान भएको छ भने एसोसिएट तर्फ पनि सबै मतदान भएको पौडेलको भनाइ छ। कुल ११ सय १० जना मतदाता रहेकोमा सबैले मतदान गरेका छन्।

महासंघका अनुसार सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नका लागि तीन ठाउँमा मतदान भएको थियो।समूहअनुसारका मतदात केन्द्र तोकिएको निर्वाचनमा वस्तुगत तर्फको मतदान महासंघको केन्द्रीय कार्यालय टेकुमा । त्यस्तै जिल्ला नगर तर्फको मतदात प्रज्ञा प्रतिष्ठान कमलादीमा र एशोसिएटको भने कार्की ब्याक्वेट बबरमहलमा भएको थियो ।

निर्वाचन सकिएसँगै निर्वाचन समितिले मत गणनाको तयारी सुरु गरेको छ। साँझ ६ बजेबाट मतगणना सुरु गर्ने पौडेलले जानकारी दिए । मत परिणाम आउन मध्यरात १२ बजे सम्म लाग्ने अनुमान रहेको पौडेलको भनाइ छ ।