८ बैशाख २०८१, शनिबार
Follow Us

सुडानका पूर्वप्रधानमन्त्रीको कोभिडले मृत्यु

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७७, शनिबार १७:२७

दुबई — सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल महदीको बिहीबार मृत्यु भएको छ । ८४ वर्षीय महदीको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको उनको दलले पुष्टि गरेको छ ।

नरमपन्थी इस्लामिक नेसनल उमा पार्टीका नेता महदी तीन साताअघि संक्रमित भएका थिए । अबुधाबीस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो

अल महदीले पहिलो पटक सन् १९६६-६७ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । पटक-पटक जेल परेका उनी केही वर्ष निर्वासनमा समेत बसे । सन् १९८६ मा फेरि उनी सुडानको प्रधानमन्त्री बने । तर सन् १९८९ मा सेनाको समर्थनमा भएको ‘कु’ मार्फत उनलाई पदबाट हटाइयो ।

महदीको जन्म सन् १९३५ मा ओमदुरमानमा भएको थियो । उनी सुडानका धार्मिक नेता मोहम्मद अहमद अल महदीका पनाति हुन् ।