January 22, 2021
7:06 PM | 12:51 AM
डायस्पोरा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

  28/11/2020 मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । उनका प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गरेका हुन् ।

ढकालले एसोसिएट संघबाट महासंघको राजनीति सुरु गरेका हुन् । आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैंक तथा वित्तीय क्षेत्रमा ठूलो लगानी छ । उनले पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन् ।

इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत रहेका ढकाल मिलनसार स्वाभावका व्यवसायीका रुपमा परिचय बनाएका व्यक्ति हुन् । उनी यसअघि एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
जिल्ला नगरतर्फ किशोरले ५३ र चन्द्रले ५२ मत मात्रै पाए पनि एशोसियट र वस्तुगतमा राम्रो मत नआउँदा किशोर पराजित भएका हुन् भने ढकाल सहजै जित हासिल गर्न सफल भएका हुन् । वस्तुगततर्फ ढकालले ५९ र किशोरले ३९ मत पाएका छन् भने एशोसियटमा ८९७ मतमध्ये चन्द्रले ५२२ र चन्द्रले ३७४ मत पाएका छन् । बाँकी मत बदर भएको छ ।

शनिवार अवेर भएको मतगणनामा एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् ।

कडा प्रतिस्प्रर्धाका बीच संघाईले प्रतिद्वन्द्वी किशोर प्रधान प्यानलका सौरभ ज्योतिलाई जम्मा २१ भोटले पराजय गरेका हुन् ।

कुल ९०३ मतदातामा जम्मा ८ सय ९० खसेकोमा ज्योतिले ४३४ मत पाउदा संघाईले ४५५ मत पाएका हुन् । विजयी संघाई चन्द्रप्रसाद ढकाल प्यानलका हुन् ।

प्रतिक्रिया